आश्विन–२२, २०७७
काठमाडौं । विश्वमा कोरोना संक्रमणको दर घट्नुको सट्टा झनझन बढ्दै गएको छ । चीनको वुहानबाट करिब १० महिना अगाडि शुरु भएको कोरोना भाइरस अहिले विश्वका सबै देशमा फैलिइसकेको छ । लगभग सबै मानिस संक्रमित हुन लागि सकेको तथ्याङकले देखाएको छ । नेपालमा पनि अहिले संक्रमित हुनेको संख्या तिव्र रुपमा बढीरहेको छ ।
कतिपय मानिसहरु थाहै नपाइ संक्रमित भएर पनि निको भइसकेको अवस्था छ । कोरोनाबाट मानिसहरु मर्नेको संख्या पनि बढीरहेको छ । कोरोना नहुँदा पनि विश्वमा दैनिक १० औं हजारको संख्यामा मानिसको ज्यान जाने गरेको थियो । तर, अहिले त्यो क्रम केही कम भएको देखिएको छ ।
नेपालमा पनि कोरोनाबाट यति मरे उति मरे भनेर आएको संख्या दैनिक हुने मृत्युदर भन्दा निकै थोरै रहेको छ । यी कुराहरु यहाँ किन भनिराख्न आवश्यक थियो भन्दा कोरोना संक्रमण हुने वित्तिकै मरिहाल्ने भन्ने होइन,आवश्यक सुरक्षा मापदण्ड अपनाएको खण्डमा धेरै निको भएका पनि छन् । एकाध बाहेक जति पनि कोरोना संक्रमित मरेका छन् उनीहरु प्रायजसो दीर्घरोगी र वृद्धवृद्धा बढी छन् ।
हामी अब कोरोना संक्रमित यति थपिए यति मरे भनेर विशेष पत्रकार सम्मेलन गरेर भन्नु भन्दा पनि उचित उपचारको व्यवस्था गर्ने तर्फ लाग्नु उपयुक्त होला जस्तो लाग्छ ।
कोरोनाको समाचारलाई दैनिक प्राथमिकतामा राखेर प्रशारण गर्दा मानिसहरुमा मानसिक समस्या देखापर्न थालेको छ । अहिले लक्ष्यणबीनाका संक्रमित धेरै देखिएका छन् । उनीहरु आइसोलेसनमा पनि खासै बसेको देखिदैन ।
बालबालिका र वृद्धवृद्धाबाट आफूलाई टाढै राखेको खण्डमा खासै समस्या नहोला । विश्व स्वास्थ्य संगठनले पनि १० जना बराबर एक जनामा संक्रमण हुने अनुमान गरेको छ ।
कोरोना रोकथाम र नियन्त्रणको उपाय मानिएको लकडाउन र निषेधाज्ञा पनि अबलम्बन गरिसकेको हुँदा यो पनि क्षयणिक मात्रै रहेछ भन्ने कुरा प्रष्ट भएको छ ।
तसर्थ संक्रमितको संख्या बढ्यो भन्दैमा मानिसलाई थेक्ने,घरभित्रै राख्ने काम गर्नु हुँदैन । सुरक्षात्मक उपाय अपनाएर भएपनि दैनिक कामकाजलाई जारी नै राख्नुपर्छ । पहिले जस्तो होइन अब त मानिसहरु धेरै नै सचेत भइसकेका छन् । यसलाई अब अन्य रोग जसरी नै लिएर अगाडि बढनुपर्छ भन्ने कतिपय बताउँछन् । कोरोना विरुद्धको खोपको निमार्णमा थुप्रै देशहरु जुटेका छन् । यही वर्षको अन्त्य सम्ममा खोप बजारमा आउन सक्ने बताइएको छ । –वर्णन
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८