आश्विन–२२, २०७७
चितवन । आज विहिवार विश्व दृष्टि दिवस, यहिदिवसको अवसर पारी लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ वि टु एरिया नम्वर ३ ले भरतपुर आँखा अस्पताललाई आँखादानगर्न सहमतभएका ४६५ जनाको मञ्जुरी नामा हस्तान्तरण गरेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ वि टु एरिया नम्वर ३ का चिफ एरिया को अर्टिनेटर प्रभाकर पण्डीतले विहिवार जिल्लाभर नै कार्यक्रम भएको र चितवन नवलपुरका नेत्रदाताहरुको मन्जुरीनामा अस्पताललाई बुझाएको जानकारी दिए ।
मञ्जुरीनामा दिएकाहरुको मरोणपरान्त (मृत्युपछि आँखा निकालिन्छ) आँखा निकालिने र एक जना वरावर ४ जनाको आँखाको ज्योतिफर्काउन सकिने भन्दै यो पुण्य कार्यमा जोडिन सवैलाई आग्रह गरे । विहिवार हस्तान्तरण गरिएको मञ्जुरीनामाबाट कम्तिमा १७ देखि १८ सय जनाको ज्योतिफर्काउन सकिने उनको दावी छ । उनको अनुसार सुरुमा कठिन भएपछि अहिले सम्झाउन र आँखाको ज्योतिको महत्ववुझाउन सकेपछि राम्रो हुँदै गएको बताएका छन् ।
चितामा जलेर खेर जाने आँखाको नानीलगायतको भागले नेत्रहिन रहेकाहरुले दुनिया देख्न सक्ने सन्देश वुझाउन आवश्यक भएको पण्डितले बताए ।
अस्पताल व्यवस्थापन समितका अध्यक्ष कृष्णराज धरेलले ३ वर्ष पहिले तिल गंगासँगआँखादानको कार्यक्रमगर्ने भनिए पनि डोनर अभावले २ वर्षबाट मात्रै प्रभावकारी वनेको र लायन्सले ठूलो सहयोग गरेको बताए । १५ वर्षदेखि निरन्रत सेवा दिइरहेको अस्पतालमा आफू आएको ३ वर्ष पुरा हुनलागेको र धेरैको ज्योतिफर्काउन अस्पताल लागिरहेको बताए । हालसम्म ९ जनाले आँखा दान दिए भने ८२ जनाको आँखाको नानी परिवर्तन गरिएको हो र प्रत्यारोपण गर्ने जनशक्ति र मेशीन अस्पतालकै छ ।
आँखा आवश्यक पर्नेहरुलाई नाम लेखाएर राख्ने गरिएको आँखा प्राप्त हुना साथ पालैपालै उपलब्ध गराउदै आएको उनको भनाई छ । अहिले एक स्टाफ रहेकोमा छिट्टै ३ जना स्टाफ राखेर जिल्लाभर संचालन गर्ने र अन्य अस्पतालसँग पनि सहकार्य गरिने धरेलले बताए ।
अस्पतालका जलविन्दु विभागका जलविन्दु विशेषज्ञ डा.रन्जितकुमार शाहले पछिल्लो समय मोतिया विन्दुका विरामी बढेको बताउँछन् । दृष्टी दोषका विरामीपनि वढ्दै गएको भन्दै पहिले जस्तो मोतिया विन्दु पाकेकै छैन भन्दै घरमा नै वस्न आग्रह गरे । समयमै जाँच गराए आँखाको ज्योति गुम्नवाट वचाउन सकिने उनले बताए साथै अहिले संचालन भएका अनलाईन कक्षाहरुमा २० मिनेट भन्दा धेरै मोवाइल र ल्यापटपको अगाडी नवस्न उनको सुझाव छ । कम्तिमा २० मिटेको फरक पारी आराम गर्ने, आँखा दाया वाया गर्ने, पानी धेरै खाने आदि विधि अपनाउन सके दृष्टि बचाइ राख्न सहयोग पुग्ने बताउँछन् ।
अस्पतालका सहायक व्यवस्थापक छायाँ श्रेष्ठले कोभिड–१९ को संक्रमणको समयमा पनि विरामीको चाप वढेको बताईन्न । तर यसको संक्रमणबाट बच्न गेटबाट प्रवेश सहित ज्वरो नाप्ने, हात धुन लगाउने, कोभिड–१९ को सवै फर्म भर्ने गरिएको बताईन । साथै १० वटा स्थानमा आँखाजाँच गर्ने र एउटा कोठामा ५ जना र प्रत्येक घण्टा ५० जनालाई मात्रै जाँचगर्ने गरी दैनिक ३०० जनाको परीक्षण गर्ने व्यवस्था मिलाइएको बताईन । अस्पतालका दया शिखर चौधरीका अनुसार लायन्स क्लवअफ इन्टरनेशनल र लायन्स क्लव अफ नारायणगढ मार्फत प्रपोजल पेश भएकोमाअहिले करिव साँढे ३ करोड वरावरको मेशीन जडान भएको बताए ।
२ वर्षे कार्यक्रम अन्तर्गत पहिलो वर्षको कार्यक्रममा माइक्रोस्कोप सहित विटेक्ट्रोमि मेशिन जसले आँखा भित्रको सर्जरी गर्न सहयोग गर्ने रेटिनासँग सम्वन्धीत रहेको र दोस्रो चरणको मेसिन प्रोसिसी एन्जीओग्राफि र अप्टिकलवायो मिटर मेशीन जसले मोतिया विन्दु परीक्षणमा थप सहयोग पुग्ने जडान भएको छ । वार्षिक साँढे २ लाख सम्म विरामीलाई सेवा दिइरहेको अस्पतालमा चितवन, नवलपुर, गोरखा, लमजुङ, हेटौँडा ठोरी पर्साबाट विरामीहरु धेरै आउँने गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८