• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

कोरोना संक्रमित ट्रम्प जब अस्पताल बाहिर निस्किए……………


कोरोना संक्रमित ट्रम्प जब अस्पताल बाहिर निस्किए……………

आश्विन–१९,२०७७

वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा कोभिड–१९ को उपचार गराईरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्कासी अस्पताल बाहिर निसेका छन् । उनले आफ्ना सर्मथकहरुलाई अचम्मित पार्न अस्पताल बाहिर निस्किएको बताएका छन् ।

आफूले आश्चर्यजनक भ्रमण गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै आफ्ना सर्मथक अगाडी देखा परेका थिए ।

महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै शिक्षा लिएको बताएका छन् । उनले भनेका छन्, “यो साँच्चिकै विद्यालय जस्तो छ । यो किताबहरूको विद्यालय होइन्। मैले त्यो पाएँ र बुझेँ । साँच्चिकै चाखलाग्दो यसबारेमा तपाईँहरूलाई समय आएपछि जानकारी गराउने छु।’’

यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमवार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए ।

डा. सीन कोन्लीका अनुसार ट्रम्प संक्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो ।

चाईनाले निमार्ण गरेको कोरोनाभाइरस भनेर आरोप लगाउँदै आएका ट्रम्प कोभिड नियन्त्रणका निम्ति अपनाउनु पर्ने सावधानीको बेवास्ता गरेको भनि शुरुदेखि नै आलोचित हुँदै आएका थिए ।
(–विविसीमा आधारित)

  • प्रकाशित मिति : असोज १९, २०७७, सोमवार ०३:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८