• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

  • खवरदाता

चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन–१८ ,२०७७

चितवन । भरतपुर अस्पतालको कोभीड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३ पुरुष र ५ महिला गरि ८ जना , रत्ननगरका ५ पुरुष र ३ महिला गरि ८ जना ,खैरहनिका १ पुरुष १ महिला गरि २ जना र राप्तीका १ पुरुष समेतगरि १९ जना रहेका छन । संक्रमितहरु १५ देखि ५८ बर्ष सम्मका रहेका छन।

परिक्षण गरिएका नमुनाहरु भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट संकलन गरिएको अस्पतालले जनाएको छ ।

आईतबार परिक्षण गरिएका २०८ वटा नमूना मध्ये १८९ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने १९ वटा नमुनाको पोजेटिभ आएको हो।

  • प्रकाशित मिति : असोज १८, २०७७, आइतवार १२:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८