आश्विन–१७, २०७७
चितवन । भरतपुर २९ अन्र्तगत मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालमा अटो र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् ।
दिउँसो २ बजेको समयमा नारायणगढबाट मुग्लिङ तर्फ गई रहेको प्रदेश ३–०३००१ ह ४४७ नम्बरको अटो र विपरीत दिशाबाट आईरहेको ना ५० प ४५५० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल पछाडी सवार तनहुँ जिल्ला घिरिङ गाउँपालिका ४ बस्ने बर्ष ३५ को जित बहादुर रानाको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा परी तनहुँ जिल्ला घिरिङ गाउँपालिका ४ बस्ने बर्ष ३५ का बेल बहादुर राना, अटो चालक जिल्ला नवलपुर गैंडाकोट ८ बस्ने बर्ष ३७ को सागर थापा, अटोमा सवार सोही ठाउँका बर्ष २२ की बिनिता थापा, बर्ष २४ की पुजा थापा, बर्ष २३ की रितु थापा, बर्ष ८ को समिर थापा, बर्ष ५० को मिन बहादुरथापा रहेका छन् । उनीहरुको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८