• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

नारायणगढमा ग्रोसरीको स्मार्ट पसल सञ्चालन


नारायणगढमा ग्रोसरीको स्मार्ट पसल सञ्चालन

चितवन, १७ असोज

चितवन । चितवनका युवा व्यवसायी कञ्चनकुमार अग्रवालले साथी मार्टको फ्रेन्चाइज सञ्चालनमा ल्याएका छन् ।

अग्रवालले नारायणगढको शहीदचोकमा साथी मार्टको फ्रेन्चाइजको रुपमा हजुरको स्मार्ट शप प्रालि सञ्चालनमा ल्याएका हुन् । हजुरको स्मार्ट शप प्रालिको शनिबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठलगायतले उद्घाटन गरेका हुन् ।

मोबाइल एप्सबाटै घरमा बसेर सामान खरिद गर्न सकिने भन्दै सञ्चालक अग्रवालले भान्छामा प्रयोग हुने सामग्रीसहित दैनिक उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको बताए । हजुरको स्मार्ट शपले स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिने भन्दै साना व्यवसायीहरुलाई लक्षित गरेर आधुनिक सपिङ सेन्टर सञ्चालनमा ल्याइएको अग्रवालले बताए ।

हजुरको स्मार्ट शप सञ्चालनको अवसरमा १० दिनसम्म छुटको व्यवस्था गरिएको समेत अग्रवालले जानकारी दिए । ग्राण्ड ओपनिङ अफर अन्तर्गत हरेक सामानको बिक्री मूल्यमा पाँच प्रतिशत छुट दिइने अग्रवालको भनाइ छ ।

स्मार्ट शप सञ्चालनका लागि करिब ५० लाख रूपैयाँ लगानी भएको संचालकले बताए । हजुरको स्मार्ट शप प्रालिको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको बेला आफ्नो क्षेत्रमै नयाँ लगानी थपिनु सकारात्मक भएको बताए ।

छ महिना सम्म लकडाउन भए पश्चात व्यवसायीहरुलाई ठूलो नोक्सानी परेको श्रेष्ठको भनाइ छ । कोरोनाबाट धरासायी भएको व्यवसायलाई चुनौतीको रुपमा लिएर सबै मिलेर सफलतापूर्वक अवतरण गर्नुपर्ने श्रेष्ठले बताए ।

  • प्रकाशित मिति : असोज १७, २०७७, शनिवार ११:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८