• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

संक्रमण भएको चौविस घण्टा नपुग्दै ट्रम्प अस्पताल भर्ना


संक्रमण भएको चौविस घण्टा नपुग्दै ट्रम्प अस्पताल भर्ना

आश्विन–१७, २०७७

संक्रमण पुष्टि भएका एकदिन नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।

ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाईएको छ । संक्रमण पश्चात ज्वरो आएका उनलाई सावधानी स्वरुप अस्पताल लगिएको ह्वाइट हाउसको भनाई छ ।

उनले शुक्रबार आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोभिड–१९ परीक्षण पोजेटिभ आएको बताएका थिए । ह्वाइट हाउसले ट्रम्पले थकान महसुस गरेको भए पनि उनको आत्मबल राम्रो रहेको बताएको छ ।

कोरोना भाइरस संक्रमणको मध्यम लक्षण ट्रम्पमा देखिएको छ । अमेरिकामा एक महिनापछि राष्ट्रपति चुनाव हुँदैछ । चुनावको मुखैमा आएर ट्रम्पमा संक्रमण पुष्टि भएको हो ।

आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन् । हालै भएको पहिलो टेलिभिजन बहसमा ट्रम्पको प्रदर्शनलाई लिएर तीव्र आलोचना भइरहेको छ । सो बहसमा अरु सबैले मास्क लगाएका थिए, तर ट्रम्पको परिवारका सदस्यले मास्क लगाउनु पर्ने नियम अनिवार्य भए पनि अस्वीकार गरेका थिए ।

पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन र उनकी पत्नी जिल बाइडेनमा भने संक्रमण देखिएको छैन ।

  • प्रकाशित मिति : असोज १७, २०७७, शनिवार ०१:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८