• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

कोरोना रोकथाममा रत्ननगर नगरपालिका द्धारा १ करोड ५२ लाख खर्च


कोरोना रोकथाममा रत्ननगर नगरपालिका द्धारा १ करोड ५२ लाख खर्च

आश्विन–१६,२०७७

चितवन । नगरपालिकाले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि हालसम्म १ करोड ५२ लाख ८५ हजार ८९९ रुपैया खर्च गरेको छ । गत आर्थिक वर्षमा १ करोड २७ लाख र चालु आर्थिक वर्षको आजसम्म २५ लाख ८५ हजार ८९६ रुपैया खर्च भएको जानकारी दिए।

क्वारेनटाइन व्यवस्थापनमा कुल ३३ लाख ७८ हजार ३०६ रुपैयाँ, स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा १८ लाख, गुन्जमान आइसोलेसन अस्पताल निर्माण तथा रनपा ५ मा आइसोलेसन व्यवथापनमा ११ लाख ७ हजार ५९० रुपैयाँ , राहत वितरणमा ८२ लाख र स्वास्थ्यकर्मीहरुलाई जोखिम वापतको भत्तामा ८ लाख रुपैयाँ खर्च भएको वनले जानकारी दिए ।

हालसम्म नगरपालिकामा १९९ पुरुष र ११७ महिला गरी ३१६ जना संक्रमित भएकोमा २४८ जना निको भइसकेका छन् भने ३ जनाको मृत्यु भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । बाँकीको उपचार जारी रहेको र कुनैपनि लक्षण नभएको पौडेलले बताएका थिए ।

नगरपालिकाले सदभाव कार्यक्रम गर्ने

चितवनको रत्ननगर नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र संक्रमितको हौसला वढाउन एक हप्ता भित्र सदभाव कार्यक्रमको थालनी गर्ने भएको छ ।

नगरप्रमुख नारायण वन आफै कोरोना संक्रमण भई निको भएपछि आफ्नो अनुभव सहित हरेक वडामा सदभावअभियान थाल्न समिति बनाउने बताए । कोरोनाबाट निको भएपछि शुक्रवार नगरपालिकामा पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख वनले आत्मविश्वास र घरेलु उपचार पद्धतीले आफू कोरोनाबाट मुक्त भएको बताउँदै आफ्नो अनुभव सहित जनतालाई हौसला बढाउन र संक्रमण हुन नदिने सचेतना कार्यक्रम अभियानकै रुपमा संचालन गर्ने जानकारी दिए ।

करिव १७ दिनको होम आइसोलेसन वसाइले आफूले कोरोनालाई जितेका बताउँदै संक्रमितलाई हेरको दृष्टिकोणले हेर्ने गरी गरिएको प्रचार जस्तो कोरोना रोग नरहेको तर सावधानी अपनाउन आवश्यक भएको बताए । उनको अनुसार यदि सुविधा मिल्ने हो भने होम आइसोलेनमा वस्न सुझाव दिएका थिए । होम आइसोलेनमा परिवारबाट पनि राम्रो हेरचाह हुने भन्दै वनले कुनै जटिल समस्या आएमात्रै अस्पताल जान आग्रह गरे ।

आफूले वेसार पानी, गुर्जो, तातोपानि नियमित प्रयोग गरेको र घरेलु होमोप्याथिक र एलोपेथिक सवै खालको औषधि प्रयोग गरेको बताएका थिए । साथै पत्रकार सम्मेलनमा कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भएका खर्च विवरण पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा उपमेयर विमला देवी दुवाडी सहित कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

  • प्रकाशित मिति : असोज १६, २०७७, शुक्रवार ११:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८