डोनाल्ड र उनकी श्रीमती मेलनीया ट्रम्प कोरोना सङ्क्रमित

  • खवरदाता
  • असोज १६, २०७७

आश्विन–१६,२०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलनीया ट्रम्प कोरोना सङ्क्रमित भएका छन् । यो घटनाले उनको चुनावी अभियानमा समेत धक्का लागेको छ । २ लाख अमेरिकी सहित १० लाख भन्दा बढी व्यक्तिको ज्यान लिइसकेको यो भाइरसबाट ७४ वर्षीय ट्रम्प सङ्क्रमित भए पछि यसले धेरैलाई चिन्ता दिलाएको छ ।

चुनावी अभियानमा रहेको उनी सङ्क्रमित भएको चिकित्सकहरूले बिहीबार बेलुका जानकारी गराएका हुन् । यस पछि उनका कार्यक्रमहरू स्थगित भएका छन् । उनी १४ दिन क्वारेनटाइनमा रहने भएका छन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८