• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

५० लाखको जग्गा १० हजारमा पास, दलाल फरार

  • खवरदाता

५० लाखको जग्गा १० हजारमा पास, दलाल फरार

आश्विन–१५, २०७७

चितवन । चितवनको कालिका नगरपालिका वडानम्वर ५ पदमपुरका ५० वर्षीय शुक राम महतो आफ्नो खरको छानो हटाएर पक्की घर बनाउने आशामा थिए । छोराको विहे गर्ने उमेर पनि भएकाले अन्य आम्दानी नहुँदा आफ्नो अमूल्य जमिन विक्रि गरी सवै समस्या टार्ने मेसोमा थिए ।

जग्गा विक्रि गर्ने भन्ने गाईगुई गाउँमा पुगेपछि छिमेकी सुनिल भनिने रेशम बहादुर शाही दिन दिनै महतोको घरमा धाउन थाले र प्रलोभन देखाउन सुरु गरे । शाही आफूले जग्गा बेचाइदिने आश्वासन दिँदै काठमाण्डौमा आफ्नो मान्छे भएको र उनीहरु आएर किनिदिने बताए ।

साधरण लेखपढ सम्म नभएका महतो आफ्नो समस्या समाधान हुने र सपना पुरा हुने आशामा जग्गा विक्रि गर्न तयार भए । नभन्दै असोज २ गते स्कारर्पियोमा अगस्त तामाङ नाम गरेका सहित ४/५ जना व्यक्ति पदमपुर आए र रेशम सहित महतोको घरमा गए । महतोलाई भरतपुर ल्याएपछि सकेसम्म मानिसको भिडभाड कम हुने ठाउँमा राख्दै शुकरामलाई रक्सी पिलाए मासु खुवाए । त्यतिवेला जग्गा पास गर्नका लागि सही छाप गर्नै वाँकी थियो ।

न्यायको खोजीमा स्थानीय युवा दुर्गाप्रसाद भट्टराइसँग मालपोत कार्यालय चितवन भेटिनुभएका महतोले भन्नुभयो,“छोरा श्रीमती सहित आएका थियौँ । मेरो २५ धुर जग्गा थियो । उनीहरु आएपछि ५० लाखमा जग्गा किन्ने बताए । म राजी भएर उनीहरुसँगै भरपतुर गएँ । ”

५० लाखमा जग्गा विक्रि गर्न पाएपछि खुशी भएका महतो उनीहरुले होटलमा पिउन गरेको आग्रह नकार्न सकेनन् । जग्गा किन्न गएका तामाङ सहितले पहिले बैँक खाता खोल्नुपर्ने बताएपछि उनीहरुको सहयोगमा सिद्धार्थ बैँक पदमपुरमा शुकरामले खाता पनि खोले । जग्गा किन्ने मध्येका तामाङले खाता खोल्नासाथ विना कागज १० हजारको नविल वैँकको चेक डिपोजिट गरिदिएपछि महतोले विश्वास गर्न पुगे । त्यहि विश्वासले उनलाई अहिले घर न घाटको अवस्थामा पुर्याउने होकी भन्ने चिन्ता थपिएको छ ।

घटनाक्रम त्यही सकिदैन । महतोका अनुसार जग्गा किन्ने तामाङले खाता वाला अगस्त तामाङको नविल वैँकमा रहेको खातानम्वर १०११००१७५००६३४ को ३९ लाख ५० हजार र १० लाखको गरी दुई वटा चेक दिए । चेक दिएर आफ्नो छोरालाई वैँकमा जम्मा गर्न पठाएपछि उनका छोराले जग्गा किन्ने तामाङ सहित सिद्धार्थ वैँक भरतपुर शाखामा गएर चेक क्लियरिङमा राखे र वुवालाई जम्मा गरेको जानकारी गराए । महतोले यही वीचको प्राविधिक कुरा वुझ्न नसक्नु र जग्गा किन्ने दलालको कुरा पत्याउँदा ५० लाखको जग्गा १० हजारमै पास गरिदिए । चेक जम्मा गरेपछि वैँकको काम सकिएको र जहाँ भन्छन् त्यहाँ सही छाप गरिदिनु भनेर छोराले वैँकबाट भनिदिए । त्यसपछि जहाँ जहाँ भन्यो त्यही सहि छाप गरे र जग्गा पास गरिदिए महतोले ।

महतोले कागजमा लगाउनुपर्ने सही छाप सवै वाहिर एकान्त ठाउँमै लगाउन लगाएको महतोले बताए । वैँकबाट छोराले पैसा जम्मा भयो भनेको भन्दै महतोले जग्गा पास गरेको भोलिपल्ट पदमपुर गएर आफ्नो वैँक खाता हेर्दा पैसा नआएपछि वल्ल आफूलाई ठगेको थाहा पाएका थिए ।
त्यसपछि स्थानीय युवा भट्टराइको सहयोगमा सवैकुरा वुझेपछि अहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् भने मालपोत कार्यालयमा जग्गा रोक्का गर्न निवेदन दिएका छन् ।

वैँकमा पैसा नआएपछि महतोले वारम्वार तामाङलाई फोन गरे । तर तामाङ केही दिन फर्खन भनिरहे । यता अगस्त तामाङले भने असोज ८ गते काठमाण्डौ महानगरपालिका १७ ठेगाना भएकी अविरा व्रजाचार्यलाई सोही जग्गा विक्रि गरिसकेको मालपोत कार्यालयले उपलब्ध गराएको प्रमाणमा छ । असोज २ मा आफूले किनेर शुकरामलाई १० हजारमै भुलाई असोज ८ मा अर्कैलाई सोही जग्गा विक्रि गरेको प्रमाण मालपोत बाट पाएपछि शुकराम अहिले आँखाभरी आँशु लिएर न्यायको खोजीमा भौतारिएका छन् । अगस्त तामाङको फोन स्वीच अफ छ भने अव प्रशासन र स्थानीय युवाको भरमा न्याय पाउने आशामा रहेका तामाङको पक्की घर वनाएर वुहारी भित्राउने सपना दलालले चकनाचुर पारेको भन्दै न्याय दिलाइदिन आग्रह गरेका छन् ।

चेक बैँकमा जम्मा गरेर ओर्जिनल भौचर पनि तामाङले मालपोतमा देखाउन पर्छ भनी लिएको र त्यसपछि नदिएको बताउने महतोले खातामा पैसा नआएपछि चेक लिन वैँक जाँदा सोही जग्गा खरिद गरेका तामाङले लिएर गएको वैँकले बताएको छ ।

सिद्धार्थ वैँक पदमपुरका प्रमुख सुनिल खनालले चेक भरतपुर शाखामा डिपोजिट गरेको र क्लियरिङ नभएपछि (खातामा पैसानै नभएको ) ओर्जिनल भौचर देखाएर तामाङले नै चेक लिएर गएको हुन सक्ने बताए । वैँकले चेक जम्मा हुनासाथ पैसा आयो नभनेको बताउँदै खनालले उनिहरुले प्राविधिक कुरा नवुझ्दा समस्या भएको जानकारी दिए ।

जग्गा वेचाइदिने शाहीको कुरा

‘सर हामी श्रीमान श्रीमती अपाङ छौँ । जग्गा किनाइदिए वापत १ लाख १० हजारको चेक अगस्त तामाङले हाम्रो नाममा दिएका थिए । तर अहिले सो चेक महतोले राखेका छन् । हामीले त्यो चेक दिनुहोस हामी वैँकमा डिपोजिट गछौँ भन्दा पनि दिएका छैनन् । श्रीमती दुवै आँखा देख्दीनन् । जुटपानीका तीर्थ अधिकारीसँग चीनजान भएकाले अगस्त तामाङसँग सम्पर्क हुन पुगेको हो ।

अहिले अगस्त तामाङको मोवाइल अफ छ । तीर्थ अधिकारीले कहिले फोन उठाउछन् कहिले स्वीच अफ गर्छन । हामी पनि न्यायकै खोजीमा छौँ । प्रहरीमा गएर पनि सल्लाह लिएका छौँ । शुकरामले त्यो १ लाख १० हजारको चेक दिए हामी पनि डिपोजिट गर्र्थौ र चेक नगदमा नगए हामीले पनि मुद्दा हाल्छौँ भनेको शुकरामले दिनुभएकै छैन । ’ रेशम बहादुर शाहीले भने ।

रेशमको श्रीमती पार्वती खड्का शाहीले आफूहरुले महतोलाई प्रलोभनमा नपारेको उल्टै महतो नै दैनिक आफ्नो घरमा आई जग्गा वेचाइदिन आग्रह गरेको बताए । अगस्त ले यसरी ठग्ला भन्ने हामीलाई थाहा भएन । हामी पनि उहाँको न्यायका लागि लड्छौँ तर हाम्रो नाउँमा दिएको चेक नदिँदा हामी आफै पनि अन्ययामा छौँ ।

  • प्रकाशित मिति : असोज १५, २०७७, बिहीवार १०:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८