[ फाेटाे : In this handout photo released by the University of Oxford blood samples from coronavirus vaccine trials are handled inside the Jenner Institute in Oxford, England Thursday June 25, 2020. Scientists at Oxford University say their experimental coronavirus vaccine has been shown in an early trial to prompt a protective immune response in hundreds of people who got the shot. In research published Monday July 20, 2020 in the journal Lancet, scientists said that they found their experimental COVID-19 vaccine produced a dual immune response in people aged 18 to 55. (John Cairns, University of Oxford via AP) ]
आश्विन–१४,२०७७
रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फन्ड (आरडीआइएफ) ले नेपालको ट्रिनिटी फर्माट्युकल्ससंग २ करोड ५० लाख डोजको स्पुतनिक भि भ्याक्सिन सम्झौता गरेको छ । पश्चिमा देशहरूले यो भ्याक्सिन कत्ति सुरक्षित भन्ने बहस उठाइरहेको समयमा आरडीआइएफका निर्देशक क्रिल डिमिट्रिभले कोरोना भाइरस संसारका सबै मानव जातीको शत्रु भएका कारण यसलाई परास्त गर्न सबै एकताबद्ध हुनु पर्ने जनाएका छन् । यही सोचका साथ संसारका धेरै देशसँग सम्झौता गरिरहेको उनले बताए ।
ट्रिनिटीका निर्देशक किशोर अधिकारीले यसको अन्तिम चरणको परीक्षणका नतिजा र नेपाल सरकारको अनुमति पर्खिरहेको बताए । आरडीआइएफले ५० देशसँग कुरा भइरहेको जनाएको छ । मेक्सिकोमा ३ करोड २० लाख, ब्राजिलमा ५ करोड, भारतमा १० करोड र उज्बेकिस्तानका लागि ३ करोड ५० लाख डोजको सम्झौता भइसकेको छ ।
सम्झौता भए पनि नेपालसम्म यो भ्याक्सिन आइपुग्ने प्रक्रिया भने धेरै लामो छ । ११ अगस्टमा रुसमा यो भ्याक्सिनको आपत्कालीन अनुमति दिइएको हो । यस पछि रुसमा यो भ्याक्सिन दिन सुरु गरिए पनि यसको तेस्रो चरणको परीक्षण भने जारी नै छ ।
यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण २४ अगस्टमा सुरु भएको थियो । रुसले आफ्ना ४० हजार जना स्वयंसेवकको माझमा यो भ्याक्सिनको परीक्षण गरेको हो । यसै गरी, तेस्रो चरणमा संयुक्त अरब इमिरेट्स,साउदी अरेबिया, फिलिपिन्समा जारी रहेको छ भने भारत र ब्राजिलमा पनि यसका लागि सम्झौता भइसकेको छ ।
गेमलीयाले बनाएको यो भ्याक्सिनको वर्ष २०२० को अन्त्यसम्म २० करोड डोज तयार गर्ने लक्ष्य रहेको छ । रुसमा भने ३ करोड डोज तयार हुने छ । भारत,दक्षिण कोरिया,ब्राजिल, साउदी अरेबिया, टर्की र क्युबामा यो भ्याक्सिनको निर्माण हुने छ ।
तेस्रो चरणको पहिलो ब्याजको नतिजा अक्टोबर महिनामा प्रकाशित हुने छ । यस पछि नेपाल सरकारको भूमिकामा वर्षको अन्त्यसम्म यो भ्याक्सिन नेपालमा उपलब्ध हुने या नहुने भन्ने तय हुने छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८