• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुर महानगरबाट गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाले ५० लाख पायो

  • संबाददाता

भरतपुर महानगरबाट गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाले ५० लाख पायो

आश्विन–१३, २०७७

चितवन । चितवनमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैया सहयोग गरेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनलाई सो रकम वरावरको चेक मंगलबार हस्तान्तरण गरेका हुन । महानगरप्रमुख रेनु दाहालको उपस्थितीमा जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्येबाट पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए । कोरोना कहरका बीचमा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तिव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजित मध्येको रकम थप्दै लगिने समेत उनले जानकारी दिए ।

महानगरपालिकाकि प्रमुख रेणु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन । रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायहरूले गर्ने आर्थिक सहयोगका लागि पनि आफूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको दाहालले बताइन ।

फाउण्डेसनका अध्यक्ष धुर्मुसले सहयोग प्रति धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताउँदै अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे ।

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार १५:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८