केपी शर्मा / आश्विन–१२,२०७७
लकडाउन र निषेधाज्ञा हटेसँगै विगत पाँच महिना देखि ठप्प भएको बजार विस्तारै चलायमान हुन थालेको छ । बजारमा भिडभाड बढ्न थालेको छ ।
चाडबाड नजिकिदै गर्दा खुलेको बजार पुन बन्दहुने हल्लाले व्यापारीहरु थप लगानीगर्न डराएका छन् । विशेषत फेन्सी व्यवसायीहरु थप लगानीगर्ने बारेमा आफुहरु निणर्यमा पुग्न नसकेको बताईरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार पुगेमा पुन लकडाउन गर्न सरकारलाई गरेको सिफारीसले आफुहरु त्रसित बनेको व्यापारीहरु बताउँछन् । दशैं आउन करिव २० दिन मात्र बाँकी रहँदा बजारमा लत्ताकपडाको व्यापार धेरै हुनु पर्ने हो तर सामान अभावले ग्राहकहरु रित्तै फर्कन बाध्यछन् ।
विगत १५ वर्षदेखि फेन्सीको होलसेल गर्दै आएका स्वागत रेडिमेड पुल्चोकका प्रोपाईटर विष्णुप्रसाद सापकोटाका अनुसार यो बेला दशैको लागी मालसामन ल्याउने समय हो तर अहिले फेरी बन्दहुने हल्ला छ । त्यसैले सामान ल्याउन आँट गरिएन । अघिल्ला दशैंमा हप्तामै २५/३० लाखको सामान झारेको संस्मरण उनमा छ ।
सापकोटा भन्छनؘ दशैंमा पातलो कपडा हालिन्छ यदि बजार बन्द भयोभने त्यो माल बेच्नलाई महिनौ पर्खनुपर्ने हुन्छ । किनकी दशैंपछि बाक्लो कपडाको माग आउँछ । त्यसैले हामी बबजार बन्द नहुने ग्यारेण्टी खोज िरहेका छो । त्यस्तै राना ईम्पोरियम पुल्चोकका कविराज रानापनि पर्ख र हेरको अवस्थामा छन् । उनि भन्छन् दशैंसम्म बन्द नहुने पककाभए आजै काठमाण्डौं दौडन्थे ।
गंगोत्री रोडका गोल्डेन आयुष फेन्सीका प्रोपाईटर कृष्ण कंडेलपनि यस्तै समस्यामा रहेको बताउँछन् । सरकारले २५ हजार संक्रमित भएसँगै बन्द गर्छु भनेको छ । त्यसलेगर्दा के आधारमा हामीले लगानी गर्ने । उनि भन्छन तीजमा र कुशे औंशीमा त ठुलो धोखा खाईसकियो । व्यापार होला भनेर लगानी गरियो । त्यत्रो लगानी आखिर गोदाममा थन्कियो । साना चाडबाडमा ल्याईएका यस्ता सामानहरु बिक्रीका लागी पुन १ वर्ष कुर्नुपर्ने उनको अनुभव छ ।
फेन्सी व्यवसायी समितीका उपाध्यक्ष समेत रहेका कंडेल भन्छन ‘हामीलाई लगानी गर्नको लागी चितवन प्रशासनले प्रष्ट भन्दिनु पर्यो, दशैंसम्म वजार बन्द गराउँदैनौ’ । त्यति भयोभने हामीहरु जुनसुकै अवस्थामापनि लगानी गर्न तयार छौ ।
यो महामारी र बन्दले साना व्यापारी जो २/३ वटा सहकारीबाट ऋण लिएर र महँगो भाडा तिरि बसेका छन् । त्यस्ता व्यापारीहरु वजारबाट पलायन हुन थालेका छन् ।
फेन्सी व्यवसायी समितीका अध्यक्ष खेम अर्यालका अनुसार नारायणगढ र आसपासमा मात्रै ८ सय बढी फेन्सी पसलहरु रहेका छन् । ४ देखि ५ सयको हाराहारीमा त ठुला व्यापारीहरु रहेका छन् । जसले होलसेलको मात्र काम गर्छन । उनिहरु चर्को घरभाडा तिरेर बसिरहेका छन् । उनिहरु दशैंमा सहजरुपमा व्यापार गर्न पाइन्छ कि भन्ने आशमा बसेका छन् ।
चितवन जिल्लामै हेर्ने हो भने ५ हजारको हाराहारीमा फेन्सी पसलहरु रहेको उनको अनुमान छ । अर्याल भन्छन निम्न आयश्रोतबाट चलेका व्यापारीहरुको अवस्था नाजुक छ । यो दशैंमा बजार बन्द नभए तिसबै व्यापारीहरु टिक्नसकने सम्म अवस्थामा रहन सक्छन । उनि भन्छन ‘कस्मेटीकका सामानको समय गुज्रिसक्यो, जुत्ताका सोलमा लगाएको सुलेसनको पनि मिती सक्कि सक्यो ।’
बन्द नहुने पक्काभए जसोतसो राम्रै लगानी गरि पुरानै लयमा फर्कने अवस्था आउन सक्थ्यो । व्यापारीहरु प्रशासनबाट अहिले बन्द नहुने ग्यारेण्टीको अपेक्षा गरिरहेका छन् । उनिहरु आफु अहिले सरकारले तोकेको मापदण्ड अनुसार आफ्नो व्यवसाय संंचालन गरिरहेको बताउँछन । यदि हामीलाई बाँच्नदिने हो भने दशैं तिहार सम्म बन्द नगरिएदिए हुनेथियो । हामी त्यहि अनुसार थप लगानी गर्ने थियौ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८