आश्विन–१२,२०७७
अहमदाबाद–उदयपुर नेसनल हाइवे ६० घण्टाभन्दा बढी समयदेखि बन्द छ । राजस्थानमा डुंगरपुर जिल्लाका आदिवासी शिक्षक परीक्षार्थी १७ दिनसम्म स्थानीय स्तरमै काँकरी डुँगरी (पहाड) मा प्रदर्शन गर्दै थिए । उनीहरूले जमानत नहुने धाराहरू लगाएर मुद्दा लगाइने सूचना पाएपछि प्रदर्शनकारी झन् उग्र भए ।
पहाडबाट तल झरेर १८ दिन (२४ सेप्टेम्बर) मा उनीहरूले नेसनल हाइवेमै कडा प्रदर्शन गर्न थाले । यस क्रममा आगजनी, ढुंगामुढा र तोडफोड पनि भयो ।
५० भन्दा बढी सवारी साधन, होटल, पेट्रोल पम्पलगायतमा आगो लगाइदिए । (बिबिसी)
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८