• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले के गर्यो निर्णय ?

  • संबाददाता

ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले के गर्यो निर्णय ?

आश्विन–११, २०७७

काठमाडौँ । नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद बैठक यो साता आइतबारनै बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात बोलाएको मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ ।
त्यस्तै, मन्त्रिपरिषदको बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई अख्तियारी दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच बालुवाटारमा आइतबार बिहान भएको गम्भिर छलफलपछि मन्त्रिपरिषदको बैठक बसेको थियो ।
प्रधानमन्त्री ओली र दाहालबीच भएको छलफलमा मन्त्रिपरिषद पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल भएपनि मन्त्रिपरिषद बैठकमा भने उक्त विषयमा छलफल नभएको ती मन्त्रीले बताए ।

आज बिहान भएको दुई उच्च नेताको लामो समयसम्म चलेको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ । दुई नेताबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुर्याएको बुझिएको छ । छिटै मन्त्रिपरिषद् हेरफेरलाई अन्तिम रूप दिने सम्भावना रहेको बालुवाटार स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले सरकार गठन भएदेखि नै मन्त्री भएकालाई बिदा गरी उक्त ठाउँमा नयाँ अनुहार ल्याउने योजना सहित काम गरिरहेका छन् ।

  • प्रकाशित मिति : असोज ११, २०७७, आइतवार ११:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८