• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

आज संक्रमित १२०७, निको हुने ११४७ र मृत्यु ८ जना

  • संबाददाता

आज संक्रमित १२०७, निको हुने ११४७ र मृत्यु ८ जना

आश्विन–१०,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार १९ नमुनाको परिक्षण गर्दा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४११ महिला र ७९६ पुरुष गरि १२०७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १८ हजार ३४१ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ५०८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ८३३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११४७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ५३ हजार १३ पुगेको छ । यो ७३.८ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ८ जना पुरुषको मृत्युभएसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ४६७ पुग्यो ।

  • प्रकाशित मिति : असोज १०, २०७७, शनिवार १०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८