आश्विन–१०,२०७७
चितवन । चितवनमा बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यवहादुर थापाले जानकारीदिए । शनिवार विहान ११ बजेर ४५ मिनेटतिर चितवनको भरतपुर महानगरपालिका १३ सिलगैह्रीको बेलसरह मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका महतोलाई एक्कासी बाघ ले आक्रमण गरेको थियो ।
अहिले इलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरीको टोली र स्थानिय समेतको टोली घटना स्थलमा पुगेको र बाघले महतोलाई च्यापेर राखेकोले शव ल्याउन नसकेपछि चितवन राष्टिय निकुञ्ज र सौराहाबाट हात्ती सहितको टोली अहिले घटनास्थल जाँदै गरेको थापाले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८