चितवन मेडिकल कलेजमा एक संक्रमितको मृत्यु

  • संबाददाता
  • असोज १०, २०७७

आश्विन–१०,२०७७

चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा ९ का ७४ वर्षिय पुरुषको गएराति साढे १२ बजेतिर उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास प्रश्वास र निमुनियाले ग्रसित उनलाई असोज ३ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको स्वाव संकलनगरि परिक्षण गर्दा असोज ९ गते कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो । सघन उपचार कक्षमा उपचाररत उनको गएराती मृत्यु भएको हो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८