• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए


हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

आश्विन–१०,२०७७

काठमाडौँ । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ संकट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् ।

मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन । केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् ।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ । फर्कने मध्ये ८ हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ । –रासस

  • प्रकाशित मिति : असोज १०, २०७७, शनिवार ०३:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८