• साउन २५, २०७९, बुधवार Wednesday, 10 August, 2022
centreal college

दिल्ली क्यापिटलको दोस्रो जित

  • संबाददाता

दिल्ली क्यापिटलको दोस्रो जित

आश्विन–१०,२०७७

दिल्ली क्यापिटलले इन्डियन प्रीमीयर लिगमा लगातार दोस्रो जित हात पारेको छ । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीले शुक्रवार भएको खेलमा चेन्नाइ सुपर किङ्सलाई ३४ रनले पराजित गरेको हो ।

दिल्लीले छाडेको १७६ रनको लक्ष्य पछ्याएको चेन्नाइ २० ओभरमा सात विकेट गुमाउँदै १३१ रनमा सीमित भयो । चेन्नाइलाई कम योगफलमा समेट्ने क्रममा दक्षिण अफ्रिकी बलर कासिगो रवाडाले चार ओभरमा २५ रन खर्चिँदै तीन तथा एन्चरीच र्नोतजेले चार ओभरमा २१ रन खर्चिँदै दुई विकेट लिए । चेन्नाइका फाफ डु प्लेसीसले ४३ रन खर्चे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि पृथ्वी सले ४३ बलमा ६४ रन जोडे । दिल्लीमा सन्दिपका लागि धेरै खेलमा मैदानमा प्रवेश पाउन कठिन देखिएको छ ।

दिल्लीका दुई विदेशी बलर रवाडा र र्नोतजेले सानदार बलिङ गरिरहेका छन् । यसै गरी, मार्कस स्टोनीसको अलराउण्ड प्रदर्शनले पहिलो खेलमा सो टोलीले जित हात पारेको थियो । साथमा भारतकै स्पीनर अक्षर पटेल ब्याटिङमा पनि राम्रो छन् ।

  • प्रकाशित मिति : असोज १०, २०७७, शनिवार ०२:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८