• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

किशोर श्रेष्ठको राजीनामा पछि गोपाल बुढाथोकीको नियुक्ती


किशोर श्रेष्ठको राजीनामा पछि गोपाल बुढाथोकीको नियुक्ती

आश्विन–९,२०७७

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

श्रेष्ठले आज शुक्रवार प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् ।

कार्यवाहक श्रेष्ठले कार्यकाल नसकिँदै राजीनामा दिएका हुन् ।

कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहने छन् ।

श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदै थियो । कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

कार्यवाहक अध्यक्षमा बुढाथोकी श्रेष्ठले राजीनामा दिएपछि प्रेस काउन्सिल नेपालको आज बसेको बोर्ड बैठकबाट ज्येष्ठ सदस्य गोपाल बुढाथोकी कार्यवाहक अध्यक्षमा नियुक्त भएका छन्। बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्।

  • प्रकाशित मिति : असोज ९, २०७७, शुक्रवार ११:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८