आज १३१३ संक्रमित थपिए, निकोहुने ५१ हजार नाघे

  • संबाददाता
  • असोज ०९, २०७७

आश्विन–९,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १२ हजार २६२ नमुनाको परिक्षण गर्दा १ हजार ३१३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४५३ महिला र ८६० पुरुष गरि १३१३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७० हजार ६१४ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १८ हजार २८९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ५२ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४५५ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ५१ हजार ८६६ पुगेको छ । यो ७३.४ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ३ महिला र ३ जना पुरुष गरि मृत्यु हुनेको संख्या ६ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ४५९ पुग्यो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८