• जेठ १३, २०८१, आइतवार Sunday, 26 May, 2024

राहुलको सतकीय पारीमा पन्जाबको जित


राहुलको सतकीय पारीमा पन्जाबको जित

आश्विन–९,२०७७

इन्डियन प्रीमीयर लिग (आइपिएल)को बिहीबार भएको खेलमा किङ्स पन्जाब ११ ले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गरेको छ । पन्जाबलाई जित दिलाउने क्रममा कप्तान लोकेश राहुलले सतकीय पारी खेले । उनले ६९ बलमा १४ चौका र सात छक्काको सहयोगले १३२ रन जोडे । यस क्रममा बैंगलोरका कप्तान विराट कोहलीले क्याच छाडे पछि दुई पटक जीवन दान पाएका थिए । पन्जाबले तीन विकेटको क्षतीमा २०६ रन जोडेको थियो ।

२०७ रनको लक्ष्य लिएको बैंगलोर सुरुवात देखि धरासायी हुँदै १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रनमा समेटियो । चार रनमा तीन विकेट गुमाएको टोलीका लागि वांसिटन सुन्दरले सर्वाधिक ३० तथा एबी डी भिलियर्सले २८ रनको योगदान गरे ।

पन्जाबका मुगारन आश्विनले ३ ओभरमा २१ रन खर्चिँदै तीन तथा रवि विस्नोइले चार ओभरमा ३२ रन खर्चिँदै तीन विकेट लिए । सिमोन क्वाड्रेलले पाणीलाल र विराट कोहलीको महत्वपूर्ण दुई विकेट लिए । राहुल सो खेलका म्यान अफ द म्याच घोषित भए ।

  • प्रकाशित मिति : असोज ९, २०७७, शुक्रवार ०१:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८