• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कोलकोताको मुम्बइसंग हार

  • संबाददाता

कोलकोताको मुम्बइसंग हार

आश्विन–८,२०७७

आइपिएल क्रिकेटमा कोलकोता नाइट राइडर्सको मुम्बई इन्डियन्ससंग हारको श्रृखला कायम रहेको छ । बुधवार भएको खेलमा मुम्बईले कोलकोतालाई ४९ रनले हरायो ।

१९६ रनको लक्ष्य पछ्याएको कोलकोतालाई १४६ रनमा सीमित गर्ने क्रममा स्टार बलर जसप्रीत बुमराहले मध्य क्रमका दुई महत्वपूर्ण ब्याट्सम्यान आन्द्रे रेसल र जसप्रीत बुमराहको विकेट लिए । कोलकोताको पारीमा कप्तान दिनेश कात्तिकले ३० तथा नितीस रानाले २४ रन जोड्न बाहेक अन्यले कुनै प्रभाव देखाउन सकेनन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले कप्तान रोहित शर्माको ८० रनको योगदानमा १९६ रनको योगफल खडा गरेको थियो । कोलकोताका युवा बलर शिवं माभी प्रभावी देखिँदै शर्मा र क्वीन्टन डी ककको विकेट लिए भने अन्य बलर निस् प्रभावी रहे । सबै भन्दा आशा गरिएका प्याट कुमीन्सको दिन त यो खेल बिर्सन लायक बन्यो । उनले तीन ओभर बलिङ गरेर ४९ रन खर्चिँदै कुनै पनि विकेट लिन सकेनन् ।

  • प्रकाशित मिति : असोज ८, २०७७, बिहीवार ०३:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८