• माघ ८, २०८१, मंगलवार Tuesday, 21 January, 2025

भ्याक्सिन निर्माणसँगै जोडिएको राजनीति

  • संबाददाता

भ्याक्सिन निर्माणसँगै जोडिएको राजनीति

आश्विन–६,२०७७

चितवन । कोरोनाको महामारीमा रुसी भ्याक्सिन स्पुतनिक भी माथि पश्चिमा देशहरूले शंका उब्जाइरहेको समयमा युरोपेली, एसियाली र दक्षिण अमेरिकी देशहरूगरी कुल १ अर्व २० करोड डोज बुक भइसकेको छ । यसैबिच, हैदरावादको डा.रेडी प्रयोगशालासँग तेस्रो चरणको परीक्षण पनि गर्ने सहमतिमा १० करोड डोज वितरण गरिने जनाइएको छ ।

रुसले भ्याक्सिन निर्माणका लागि अन्य भारतीय कम्पनीसँग पनि वार्ता गरिरहेको छ । ब्राजिल दक्षिण अफ्रिका, मेक्सिको र साउदी अरेबियाले रुसी भ्याक्सिनका लागि सम्झौता गरिसकेका छन् । एक स्वयंसेवकमा साइडइफेक्ट देखिए पछि केही दिन परीक्षण रोकिएको अक्सफोर्ड र अस्ट्रेजेनाकाले पनि आफ्ना तथ्यांकहरू सार्वजनिक गर्दै आइरहेको छ ।

मोर्डना र फाइजर कम्पनीका भ्याक्सिनसँगै यो पनि अमेरिकामा आपतकालीन अनुमतिको होडमा रहेको छ । अक्टोबर २२ पछि यी तीन मध्य कुनै एक या दुईलाई आपतकालीन अनुमति दिइने सम्भावना रहेको छ । यसै गरी, चीनले आपतकालीन अनुमति प्रदान गरेका तीन भ्याक्सिन मध्ये सिनोभ्याक कम्पनीको भ्याक्सिन पनि धेरै उमेर भएकाहरूमा पनि प्रभावीत भएपछि ब्राजिलले यसलाई उपयोग गर्ने भएको छ ।

तेस्रो चरणको परीक्षण अगावै आपतकालीन अनुमति पाएको यो भ्याक्सिनको ब्राजिलमा पनि १० हजार जनामा परीक्षण भइसकेको छ । यस बापत ब्राजिलले पनि १२ करोड डोज भ्याक्सिन पाउने छ । यसै भ्याक्सिनको इन्डोनेसियामा पनि परीक्षण भइरहेको छ । इन्डोनेसियामा १६२० स्वयंसेवकमा यो भ्याक्सिनको परीक्षण भइरहेको छ । इन्डोनेसियाले जनाए अनुसार यसै महिनाको नोभेम्बर देखि आगामी मार्चसम्ममा ५ करोड डोज भ्याक्सिन पाउने गरी यो सम्झौता भइसकेको छ । चीनमा अहिले १३ भ्याक्सिनको तयारी भएको छ । यसमा नौ वटा मानव परीक्षण भइरहेको छ । यी नौ मध्यको तीनलाई आपतकालीन अनुमति प्रदान गरिएको छ ।

समाचारमा जनाइए अनुसार उद्योग तथा सञ्चार मन्त्री झाओ याकिङले भ्याक्सिन निर्माणलाई राजनीतिक रूपमा पनि हेर्दै जतिसक्दो चाँडो धेरै भ्याक्सिन बनाउनु पर्नेमा जोड दिएका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरेटले त चीनलाई पूर्वी एसियाली देशलाई महामारीबाट बचाउन अनुरोध गरिसकेका छन् । यसै गरी अफगानिस्तानका लागि चिनिया राजदूत वाङ युले पनि चीनले अफगानिस्तानलाई सहयोग गर्ने जनाइसकेका छन् । चीनले आफूलाई कोरोना महामारीबाट बचाउँदै संसारमा आफ्नो प्रभाव कसरी जमाउने भन्नेमा ध्यान दिइरहेको समयमा भारतमा भने महामारी नियन्त्रण गर्न कठिन देखिएको छ । यस कारण आपतकालीन अनुमति प्रदान गर्दै मृत्युदर घटाउन भारतीय सरकारलाई दबाब परिरहेको छ ।

भारतमा दुई भ्याक्सिन दोस्रो चरणको परीक्षण जारी रहेको समयमा चार भ्याक्सिन प्री क्लिनिकल परीक्षणको अन्त्यमा पुगेको छ । आइसीएमआर र भारत बायोटेकको भ्याक्सिन र जाइडेस क्याडेलाको भ्याक्सिन दुवैले दोस्रो चरणको परीक्षण सक्न आटेका छन् । यसै गरी अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनको परीक्षण भारतमा भइरहेको छ भने सिरम इन्सटीच्युटले ठुलो मात्रामा उत्पादन गरिसकेको छ । अमेरिकामा तीन भ्याक्सिन तेस्रो चरणमा रहे पनि कुल सात भ्याक्सिन मानव परीक्षणमा रहेका छन् । यी सात मध्य जोन्सन एन्ड जोन्सनले सेप्टेम्बरमा नै तेस्रो चरणमा परीक्षण सुरु गर्दै छ ।

यसै गरी, अस्ट्रेलिया र अमेरिकामा गरी बनाइएको नोभाभ्याक्स पनि अर्को वर्षको सुरुवातमै बजारमा आउने अपेक्षा गरिएको छ । हाल, रुस चिन, अमेरिका र भारत भ्याक्सिन बनाउने होडमा अघि बढेका छन् । यी मध्य चीनले महामारीलाई जिती सकेको छ । साथै १ लाख भन्दा बढीलाई भ्याक्सिन पनि दिइसकेको छ । अमेरिकाले थुप्रै डोजका लागि एडभान्स रकम दिइसकेका कारण मार्चसम्म महामारीबाट मुक्त हुने अपेक्षा गरिएको छ रुसले भने भ्याक्सिन वितरण गर्ने काम सुरु गरिसकेका कारण सोही समयको आसपासमा रुस पनि महामारी मुक्त हुने अपेक्षा गरिएको छ । भारतले भने धेरै मात्रामा भ्याक्सिन उत्पादन भए पनि धेरै जन संख्याका कारण तत्काल पूर्ण नियन्त्रणमा लिन त कठिन मानिएला । तथापि ज्येष्ठ नागरिक, बिमारी र जोखिममा काम गर्नेलाई तत्काल भ्याक्सिन उपलब्ध गराउँदै मृत्यु दर कम गराउने प्रयासमा रहने छ ।

यो महामारीका कारण चार देशले अन्य धेरै देशलाई प्रभावमा पार्न खोज्ने सम्भावना त यथावतै छ । चिन र रुस त आफू भ्याक्सिनकै कारण आफूलाई अझ बलियो शक्तिको रूपमा स्थापित गराउने प्रष्ट देखिएको छ । (एजेन्सीको सहयोगमा)

  • प्रकाशित मिति : असोज ६, २०७७, मंगलवार ०२:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८