आश्विन–२,२०७७
चितवन । पछिल्लो २४ घण्टामा ११ हजार ४५८ नमुनाको परिक्षण गर्दा २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् ।
आज ६३९ महिला र १३८१ पुरुष गरि २०२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६१ हजार ५९३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार ३८३ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ८ हजार ८८ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८७१ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ४३ हजार ८२० पुगेको छ । यो ७१ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा २ महिला र ५ जना पुरुष गरि मृत्यु हुनेको संख्या ७ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३९० पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८