एकैदिनमा आजसम्मकै धेरै १५३९ संक्रमित थपिए

  • संबाददाता
  • भदौ ३१, २०७७

भाद्र–३१,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ४९४ नमुनाको परिक्षण गर्दा १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४०४ महिला र ११३५ पुरुष गरि १५३९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १६ हजार २४२ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार ७०१ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १०६८ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ४१ हजार ७०६ पुगेको छ । यो ७१.५ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ४ महिला र ४ जना पुरुष गरि मृत्यु हुनेको संख्या ८ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३७९ पुग्यो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८