भाद्र–३१,२०७७
भारतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या ५० लाख नाघेको छ । भारत कोरोनाभाइरस महामारीको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । विश्वमा अरू देशको तुलनामा भारतमा कोरोना भाईरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ । गएको मंगलवारसम्म पाँच दिन दैनिक ९० हजार भन्दा बढी संक्रमित फेला परेका थिए । एक सातामा मात्रै त्यँहा ६ लाख संक्रमित थपिएका हुन । भारतमा कोरोना भाईरसको कारण ८० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
भारतमा अहिले सघन उपचारका लागि अस्पतालमा शैंया र अक्सिजनको अभाव हुन थालेको छ । तर धेरै संक्रमित भए पनि मृतकको संख्या अतिप्रभावित अरू देशको भन्दा कम छ । देशको आर्थिक स्थिति बिग्रिन थालेको र लाखौँ मानिसले जीविकोपार्जन गर्न नसकेको भन्दै सरकारले महामारी नियन्त्रणका लागि पहिला लगाइएका बन्देजहरू हटाएपछि संक्रमण दर ह्वात्तै बढेको हो ।
केही समय यता श्वासप्रश्वासमा समस्या भएका संक्रमितको संख्या बढेपछि कृत्रिम अक्सिजनको माग एक्कासी बढेको छ । त्यँहाका अस्पताल र स्वास्थ्यकेन्द्रहरूमा दैनिक २ हजार ७०० टन अक्सिजन खपत भईरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८