• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

कञ्चनपुरमा निरिक्षक सहित प्रहरीहरु कार्यालयमै कुटिए

  • संबाददाता

कञ्चनपुरमा निरिक्षक सहित प्रहरीहरु कार्यालयमै कुटिए

भाद्र–२८, २०७७

धनगढी । कञ्चनपुर स्थित त्रिभुवनवस्तीमा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक (इन्सपेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ ।

गाउँमै ‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोहि विषयलाई लिएर वादविवाद हुने क्रममा प्रहरीहरुलाई केहि स्थानियहरुले हातपात गरेका हुन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरिक्षक मुकेश सिहले ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिह सहितका प्रहरी कर्मचारीमाथि कुटपिट भएको घटनाको विषयमा छानविन गर्न निर्देशन दिईएको बताएका छन् ।

आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेको प्रहरीले दावी गरेको छ ।

  • प्रकाशित मिति : भदौ २८, २०७७, आइतवार ०६:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८