• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुरका ४ सहित चितवनमा ७ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

भरतपुरका ४ सहित चितवनमा ७ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र–२८,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ७ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका २,८,११ र २८ का २ पुरुष र २ महिला गरि ४ जना रहेका छन। यस्तै सुर्खेतका १ महिला,रौतहटका १ महिला र धनुषाका १ पुरुष गरि ७ जना रहेका हुन ।

संक्रमितहरु २४ देखि ७९ बर्ष उमेरसम्मका रहेको प्रयोगशालाले जनाएको छ।
परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको थियो ।

शनिबार रातीसम्म परिक्षण गरिएका ३१७ वटा नमूना मध्ये ३१० वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ७ वटा नमुनाको पोजेटिभ आएको हो।

  • प्रकाशित मिति : भदौ २८, २०७७, आइतवार ००:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८