• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

वडा प्रहरी कार्यालय नारायणगढका ४१ मध्ये २६ प्रहरी कोरोना संक्रमित

  • संबाददाता

वडा प्रहरी कार्यालय नारायणगढका ४१ मध्ये २६ प्रहरी कोरोना संक्रमित

भाद्र–२७,२०७७

चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतवार कार्यालयका प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक टे«सिङका आधारमा बाँकी रहेका सबै प्रहरीको स्वाव संकलनगरि प्रयोगशालामा पठाईएको थियो ।

जसमध्ये शुक्रवार १४ जनाको रिर्पोट आउँदा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शनिवार आएको नतिजामा वडाका अन्य ९ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले वडा प्रहरी कार्यालयको काम कार्वाही जिल्ला प्रहरी कार्यालय चितवनबाटै गरिदै आएको छ । संक्रमित प्रहरी मध्ये १ जना अस्पतालमा उपचाररत छन् भने लक्षण नदेखिएका बाँकी सबै सुरक्षित साथ कार्यालयलाई नै शिल गरि सोहि कार्यालयमा रहेका छन् ।

  • प्रकाशित मिति : भदौ २७, २०७७, शनिवार ०८:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८