• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

तीन बर्षका बालक सहित चितवनका ८७ जनामा कोरोना संक्रमण पुष्टि


तीन बर्षका बालक सहित चितवनका ८७ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र–२७,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका १,२,५,६,७,९,१०,११,१२ र १५ का ५० पुरुष र २३ महिला गरि ७३ जना रहेका छन । यस्तै रत्ननगर १३ र १४ का २ महिला ,खैरहनि १ का २ पुरुष र २ महिला गरि ४ जना र कालिका २,७ र ८ का ६ पुरुष र २ महिला गरि ८ जना सहित ८७ रहेका छन। जस मध्ये भरतपुरका मात्रै ७३ जना रहेका छन।

संक्रमितहरु ३ देखि ९० बर्ष उमेरसम्मका रहेको प्रयोगशालाले जनाएको छ । ३ वर्षिय बालक भरतपुरकै हुन।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल , पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

शुक्रवार रातीसम्म परिक्षण गरिएका ५३३ वटा नमूना मध्ये ४४६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ८७ वटा नमुनाको पोजेटिभ आएको हो।

  • प्रकाशित मिति : भदौ २७, २०७७, शनिवार ०१:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८