• मंसिर १५, २०८०, शुक्रवार Friday, 01 December, 2023

हाटबजार बन्द हुँदा सयौं विस्थापित, करोडौंको कारोवार ठप्प


हाटबजार बन्द हुँदा सयौं विस्थापित, करोडौंको कारोवार ठप्प

केपी शर्मा /भाद्र–१९,२०७७

चितवन जिल्लामा सञ्चालित हाटवजारहरु बन्दहुँदा सयौंको संख्यामा व्यापारीहरु विस्थापित भएका छन् भने करोडौंको कारोवार ठप्प भएकोछ । कोरोना भाईरस महामारीका कारण चैत्र महिनादेखि हाटबजारहरु पुर्ण रुपमा बन्द भएका छन ।

जिल्लाका विभिन्न स्थानका १२ ठाउँमा हाटबजारहरु संचालनमा रहेका छन् । प्रत्येक दिन कम्तिमा ४ स्थानमा बजारहरु संचालनमा आउछन् । ‘हाटबजार विकास व्यवसायी संघ’ चितवनका अध्यक्ष लालबहादुर रायका अनुसार हाटबजारमा दैनिक ६ देखि ८ सय व्यापारीहरुले प्रत्यक्ष रुपमा कारोवार गर्ने गर्छन । हाटबजारमा विशेषत तरकारी, फलफुल, माछामासु, लत्ता कपडा लगायत मानव जीवनमा प्रयोगहुने सम्र्पुण सामग्रीहरुको व्यापार हुने गर्दछ । रायका अनुसार दैनिक १२ देखि १४ लाखको कारोवार चितवनका हाटबजारहरुले गर्ने गरेका छन् । प्रति महिना ४ देखि ६ करोडको कारोवार हाटबजारहरुमा हुनेगरेको छ ।

चितवनका हाटबजारमा दैनिक आलु र प्याज २ सय वोरा अर्थात २ टन बिक्रीहुने गरेको छ भने हरियो फलफुल तथा तरकारी प्रतिदिन ४ टन बिक्रीहुने व्यापारीहरु बताउछन् ।
हाटबजारहरु बन्द भएपछि वाहिरबाट आएर व्यापारगर्नेहरु पलायन हुन थालेका छन् । कतै व्यवहार विग्रिएर, कतै व्यापार घाटा भएर र कतै व्यक्ति स्ंवय केहि गर्ने नसक्ने भएपछि ४ ÷५ हजार बटुलेर हाटबजारमा व्यवसाय संचालन गर्नेहरु पनि रहेका छन् । हाटबजारबाट उनिहरुको राम्रैसँग गुजारा चलिरहेको छ । सिरहाका अजय राय, मकवानपुरका जलन लामा, सर्लाहिका सुजन शाह गाउँ फर्किसकेका छन् । यि त प्रतिनिधी पात्रमात्र हुन । यस्ता सयौंको संख्यामा व्यवसायीहरु गाउँ फर्किसकेको संघका अध्यक्ष रायले बताए । उनले भने दैनिक समस्या टार्न पनि सकिएन भनेर व्यापारीहरुले दिनैजसो फोन गरिनै रहन्छन । तर त्यसको जवाफ हामीसँगपनि छैन ।

उनका अनुसार केहि व्यापारीहरुले भने बैकल्पिक व्यवस्था समेतगर्न थालेका छन् । केहिले घर बनाउने,गिटी वालुवा बोक्ने जस्ता काम गरेर आफ्नो जिविकोपार्जन गर्न थालेका छन् । केहिले ठेलामा सामान बेचेर घरखर्च जुटाउदै छन् भने केहि लत्ता कपडा व्यापारीहरुले गाउँतिर सानो सटर लिएर अल्मलिन थालेका छन् ।
धेरै परे मारमा
हाटबजारसँग प्रत्यक्ष जोडिएका ६ सय व्यापारीहरु मारमा परेका छन् । साथै हाटबजारकै लागि जग्गा भाडामा लिएर तरकारी व्यवसाय गर्दै आउने किसानहरुपनि उत्तिकै मारमा परेका छन् । उनिहरुको ठुलो लगानी जोखिममा परेको छ । यस्ता किसानहरु प्रायजसो जिल्लाको पुर्वी भागमा सयौं विगाहा जमिन भाडामा लिएर तरकारी उत्पादन गरिरहेका छन् । रत्ननगर आसपासमा सामुहिक रुपमा बैबुल्ला मिया,वकिल मिया र नाजिर खानले ७० विगाहा भन्दा बढी जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । हाटबजार बन्दसँगै उनिहरुको उत्पादन बारीमै कुहिन थालेको छ । उनिहरु भन्छन अव १÷२ महिनामापनि बजार नखुले व्यवसाय छोडेर गाउँनै फर्कन्छौ । यिनिपनि प्रतिनिधी पात्रमात्र हुन । यसरी खेतीगर्नेहरु जिल्ला भरमा ६० देखि ७० जनाको हाराहारीमा रहेका छन् । जिल्लाका हाटबजारमा बिक्रि गरिने ८० प्रतिशत तरकारी चितवनकै उत्पादन रहेको उनिहरु बताउछन् ।

प्रत्यक्ष रुपमा तरकारी, फलफुत तथा अन्य सामग्रीहरु ढुवानीगर्ने सवारी साधन धनीहरुप्नि मारमा परेका छन् । चैत्र देखि अहिले सम्म सवारी साधन घरमै थन्किदा आफु घरन घाटको हुन पुगेको उनिहरु बताउँछन् । तयतिमात्र नभएर बैंकको किस्तालेपनि उनिहरुलाई त्यत्तिकै समस्या पारेको छ । समस्याले गर्दा आफुहरु मोवाईल नम्वर सम्म परिवर्तन गर्न बाध्य भएको उनिहरु बताउछन् । त्यस्तै हाटबजार लक्षित संचालन गरिएका गार्मेन्ट उद्योगहरु बन्दछन् । गैंडाकोटमा मात्र्रै यस्ता ५ उद्योग बन्द भईसकेका छन् ।

हाटबजारमा किसानले सिधै र सधैं आफ्नो उत्पादन ल्याउने भएकोले बजार भाउ सस्तो र सधैं ताजा बिक्री वितरण हुनेगरेको व्यापारीहरु बताउँछन । उनिहरु भन्छन विचौलिया छैन त्यसैले सस्तोमै बिक्री गर्छौ । यसको प्रत्यक्ष लाभ ग्राहकले पाईरहेका छन् ।

हाटबजार संचालन गर्दा लागेको लगानी हाटबजारका व्यापारीहरुकै हो । भरतपुर ७ स्थित गौतम चोकमा रहेको हाटबजार बनाउन मात्र १ करोड लगानी भएको अध्यक्ष रायले बताए । उनका अनुसार सबै हाटबजार बनाउँदा हाम्रो ३÷४ करोड लगानी भैसकेको छ । जमिनवालालाई भाडा तिर्न नसक्दा अर्को समस्या थपिएको छ । सबैतिर गर्दा मासिक १ लाख ५० हजार त जमिन भाडामात्रै तिरिरहेका छौ ।

यो महामारी तुरुन्तै साम्यहुने अवस्थामा छैन । त्यसैले अव हाटबजारहरुपनि संचालन गर्न पाउनुपर्छ । अध्यक्ष राय भन्छन हामी सरकारी मापदण्ड अनुसार हाटबजार खोल्न तयार छौ । हामीलेपनि आफ्नै मापदण्ड तयार गरेका छौ । जस्तो, सबै हाटबजारहरु सधैं संचालन गर्ने त्यति गरेपछि व्यापारीहरु जता पायक पर्छ त्यतै जानेछन् । त्यसोहुँदा एउटा हाटबजारमा ७० ÷८० जना भन्दा बढी व्यापारी हुनेछैनन् । हाटबजार एकछिन नभएर दिनभरिनै संचालन गर्ने । यसले ग्राहकलाई अहिलेको जस्तो निश्चित समयमै एकै पटक आउनुपर्ने बाध्यता पर्दैन ।
त्यसो त अव सबैले आफु कसरी सुरक्षित हुन सकिन्छ भन्नेपनि बुझिसकेका छन् । यसरी नै सधैंभरि कमाई नगरी बस्नुपर्दा धेरै किसिमका समस्याहरु आउन सक्ने हामीले देखेका छौ ।

  • प्रकाशित मिति : भदौ १९, २०७७, शुक्रवार ०८:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८