चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार शुरु

  • संबाददाता
  • भदौ १९, २०७७

भाद्र–१९,२०७७

चितवन जिल्लामा पहिलो पटक प्लाज्मा थेरापि बिधिबाट उपचार शुरु गरिएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजमा हेटौँडाकी ५२ वर्षीया कोरोना सङ्क्रमित महिलामा उपचार शुरु गरिएको अस्पतालले जनाएको छ।

सास फेर्न गार्हो हुने र छाती दुख्ने समस्या भएकि हेटौंडाकी ती महिला भदौ ११ गते चितवन मेडिकल कलेजको इमेर्जेन्सीमा भर्ना भएकि थिइन । त्यसैदिन उनको स्वाब संकलन गरि परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

कोभिड संक्रमण मुक्त भएका तीन जनाले बिहिवार प्लाज्मा दान गरेका थिए । ती मध्ये दुई पुरुषको रगतबाट प्लाज्मा निकालेर संक्रमित महिलाको उपचार शुरु गरिएको हो । संक्रमित महिलालाई बिहीवारनै राति दुई पोका प्लाज्मा चढाइएको छ ।

कोभिड सङ्क्रमित निको भई १४ दिन कटेपछी रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधि निकै प्रभाबकारी र कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरु बताउँँँँछन ।
प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो । अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । चिकित्सकका अनुसार कोरोना सङ्क्रमणमुक्त व्यक्तिले दिने रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा् हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताए । अब बिस्तारै आवश्यकता अनुसार अन्य बिरामीहरुलाई पनि प्लाज्मा थेरापी गरिदै जाने पनि उनले बताए।

अहिले धेरै गम्भीर कोभिड केसहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सो मेडिकल कलेजले कोभिड प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ ।
चितवन मेडिकल कलेजले अहिले दुइवटा कोभिड आईसीयु बनाएर बिरामीलाई सेवा प्रदान गर्दै आएको छ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८