केपी शर्मा
चितवन/भाद्र–१८,२०७७
चौविसकोठीबाट क्यान्सर जाने बाटो । न टन्टालपुर घाम, न त मुसलधारे पानी, केहिको प्रवाह छैन। त्रिचोक नजिक प्राय संधै एउटा फलफुलको ठेला देखिरहन्छ । अनुहार नदेखिने गरि मुखमा डबल मास्क लगाएकि एउटी महिला ठेलाको नजिककै अल्याङ टल्याङ गरिरहेकी भेटिन्छिन । ग्राहकहरु फाट्ट फुट्ट मात्र। हेर्दा लाग्छ बिना ग्राहक के व्यापार गर्लिन।
तर देखेको भन्दा फरक रहेछ । निकै खुसि छिन, ठेलावाली निलुुुु पौडेल । कोरोना महामारी संगै सबै व्यापार व्यवसाय चौपट छन् । कतै पसल खुलेका छैनन् । खुलेपनि ग्राहक छैनन् । महामारीले दुःखी भएपनि आफ्नो व्यापारबाट भने अहिले चौपट्टै खुसी रहिछन उनी ।
दैनिक १ हजार देखि १५ सय सम्म आम्दानी गर्छिन । पोखरामा एउटा मन्टेश्वरीमा पढाउने काम गरेकी निलुुुु ३ वर्ष अघिमात्र चितवन झरेकी हुन । श्रीमान् विदेश थिए तर उनको बैदेशिक यात्रा विचैमा टुङ्गियो । जापानबाट उनि फर्किए । आफुसँग भएको सम्पु्र्ण धनराशी सके । अव निलुुुुको ८/१० हजारको जागिरले परिवार चलेन ।
अवस्था जटिल बन्दै गएपछी माइती गाउँमा बस्न मन लागेन उनलाई। त्यसपछि उनि पोखरै छोडेर चितवन झरिन ।
अहिले उनि एक्लो कमाईले ५ जनाको परिवार राम्रैसँग चलाईरहेकी छिन । छोराछोरी पनि पढाईरहेकी छिन ।
लकडाउन अघिसम्म उनको आम्दानी खासै थिएन । दैनिक ५/७ सय कमाउथिन ।
लकडाउन शुरु भएपछी दुइ महिना उनि घरै बसिन । आफुसँग रहेको अलिअलि पैसा सबै सकियो । हातमुख जोर्न नसक्ने भईन । अनि हिम्मत गरेर पुन सडकमा निस्किइन ।
शुरुशुरुमा त व्यापार गर्न निक्कै डर लाग्यो उनलाई । कोरोनाले आफुलाई पनि लैजालाकि झै लाग्थ्यो तर खानै नपाई मर्नु भन्दा कोरोनाले मर्नु निको सम्झिन उनले ।
निलुुुुले व्यापारमा सावधानी पनि अपनाउने गरेकी छिन । उनको ठेलामा सेनिटाईजर र ५/७ वटा मास्क पनि हुन्छन। ग्राहकलाई अनिवार्य रुपमा सेनिटाईजर प्रयोग गराउछिन । मास्क बेगरका ग्राहकलाई फलफुल बेच्न खासै रुची पनि देखाउँदिनन् उनी।
सबै वजार खुल्दा व्यापार गर्न कठिन थियो । ठेलामा राख्न नपाईने, क्रेटमा बोकेर हिड्नुपर्ने त्यो माथि ट्राफिक र नगर प्रहरीको लखेटाईमा फलफुल छोडेर भाग्नुपर्ने । तर यो समस्याबाट मुक्त छिन उनी । कसैले लखेट्ला र भाग्नुपर्ला भन्ने कत्ति चिन्ता छैन अहिले उनमा । हुनत तीन वर्ष अघिको तीजताका ट्राफिक प्रहरीसँग परेको घम्सा घम्सीले सामाजिक सञ्जालमा भाईरलनै बनेकी थिईन निलुुुु।
अहिले उनकामा आउने ग्राहक प्राय जागिरे छन् । क्यान्सर अस्पतालकको बाटो परेकोले मुख्य ग्राहक भने डाक्टरहरु रहेको उनले बताईन । डाक्टरहरु गाडीबाट नझरी सामान माग्छन । त्यति भएपछि सामाजिक दुरीपनि कायम भयो , कोरोना सर्ला भन्ने डरपनि भएन । त्यसो त डाक्टरहरुले कोरोनाबाट बच्ने उपायपनि सिकाउछन् उनले थपिन ।
अहिले फलफुल लिन फलफूल मन्डि जानु पर्दैन । होलसेल वालाले उनकै ठेलामा सामान झारिदिन्छन् । उनी भन्छिन फलफूल मन्डि नगएको त पुरै तीन महिना भएछ ।
चितवनमा उनका आफन्तहरु खासै छैनन । भएकाहरु सबै पोखरा तिरनै छन । उनीहरु सबै धनिमानी हुनेखाने छन् । राम्रो ओदाहामा छन् । धेरै त अष्टेलिया र अमेरिका छन्। आफन्तीले बेलाबेला उनलाई फोन गरिरहन्छन । उनी ठेलाबाटै फोन उठाउँछिन । आफन्तीहरुले उनलाई यस्तो सामान्य काम नर्गन सुझाउछन् । तर उनि भन्छिन अर्काले दिएकोले कति दिन पुग्ला र । त्यहिपनि लिएपछि एक दिन त तिर्नैपर्छ । तिर्नकै लागि भएपनि कुनैन कुनै काम त गर्नुनै पर्यो। केराका कोसा गन्ती गर्दै भन्छिन महामारिले अरुलाई कस्तो छ थाह भएन तर मलाई चै अचम्मै फाइदा भएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८