• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

प्रति २ घण्टामा १ जनाले ज्यान गुमाए

  • संबाददाता

प्रति २ घण्टामा १ जनाले ज्यान गुमाए

भाद्र–१७,२०७७

चितवन । देशमा पछिल्लो २४ घण्टामा प्रति २ घण्टामा १ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण आज थप १२ जनाले ज्यान गुमाएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार चितवनका १८ र ५५ वर्षीया महिला र ६५ वर्षीय पुरुष गरी ३ जना, काठमाडौँका ८९ महिला, ७० र ७५ वर्षीय पुरुषगरि ३ जना ललितपुरकी ७० वर्षीया महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिला, बाराका ६५ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको छ ।
सात दिनमा ७६ मृत्यु

विगत ७ दिनमा ७६ जनाले ज्यान गुमाएका छन् । सात दिनको तथ्यांक हेर्दा भाद्र ११ गते ८, १२ गते १२, १३ गते १२, १४ गते १४, १५ गते ७, १६ गते ११ र आज १७ गते १२ गरि एक हप्तामा ७६ जनाले ज्यान गुमाएका हुन ।

  • प्रकाशित मिति : भदौ १७, २०७७, बुधवार ११:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८