भाद्र–१७,२०७७
चितवन । पछिल्लो २४ घण्टामा १ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय २० महिला र ८ सय पुरुष सहित १ हजार १२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको हो । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १८ हजार १०८ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार ६१५ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ४९३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ११२ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २३ हजार २९० पुगेको छ । यो ५६ प्रतिशत हुन आउँछ ।
गएको एक दिनमा ६ महिला र ६ पुरुषगरि १२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुको कुल संख्या २५१ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८