भाद्र–१६,२०७७
चितवन । पर्साको विरगञ्जमा कोरोना संक्रमणको कारण थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा एक जना, गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना र नारायणी अस्पतालमा एक जना गरी थप तीन जनाको मृत्यु भएको हो ।
गण्डक अस्पतालको आइसीयूमा उपचाररत बाराको कोल्हभीका ६० वर्षीय पुरुषको मंगलवार बिहान ५ बजे मृत्यु भएको हो । त्यस्तै वीरगञ्ज २० का ५३ वर्षीय पुरुषको मंगलवार बिहान १ बजे मृत्यु भएको थियो । वीरगञ्ज २४ का ८० वर्षीय पुरूषको पनि आजै मृत्यु भएको हो ।
वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५४ मध्ये २ बेवारिसे पुरुषसहित पर्साका ४० जना, बाराका १० जना र रौतहटका ४ जना रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८