• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चितवनमा तीनजनाको मृत्युु पश्चात कोरोना पुष्टि

  • संबाददाता

चितवनमा तीनजनाको मृत्युु पश्चात कोरोना पुष्टि

भाद्र–१६,२०७७

चितवन । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति संक्रमितहरुको सोमवार नै मृत्यु भएको हो । एक जनाको मृत्यु अघि र दुई जनाको मृत्यु पश्चात स्वाव संकलनगरि नमुना परिक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनिहरुलाई भरतपुरका विभिन्न अस्पतालहरुमा लगिएको थियो । तर ति अस्पतालले आसिय्ु खाली नभएको र कोरोना रिपोर्ट नआई उपचार गर्न नसकिने बताउँदै विरामी भर्नागर्न मानेन्न । विभिन्न अस्पताल चार्हादै सरकारी अस्पताल पुगेका भरतपुर ११ का ६५ वर्षिय पुरुष, खैरहनी १३ कि ५५ वर्षिया महिला र भरतपुर ११ कै १८ वर्षिया महिलाको सोमवार मृत्यु भएको हो ।

भरतपुर ११ कि १८ वर्षिया महिलालाई नारायणि सामुदायिक अस्पतालले सिटिस्क्यान लगायत सम्पुर्ण परिक्षण गरेर आफुसँग सघन उपचार कक्ष अभाव भएको भन्दै अन्तै लैजान भनेको थियो । विरामीका आफन्तले मेडिकल कलेज सम्म पु¥याए तर त्यहापनि बेड खाल िनभएपछि अन्तमा भरतपुर अस्पताल लगेका थिए ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार, स्वाब संकलन गरिएका तीनै जनाको राति अबेर नतिजा आउदा कोरोना पोजेटिभ देखिएको थियो । मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । भरतपुर अस्पतालका अनुसार खैरहनी–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे, भरतपुर–११ का ६५ वर्षीय पुरुषको दिउँसो २ः३० बजे र भरतपुर–११ कै अर्की १८ वर्षकी महिलाको दिउँसो ३ बजे मृत्यु भएको हो ।

यसअघि सोमबारनै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमितको मृत्यु भएको थियो । चितवनमा हालसम्म मृत्यु हुनेको संख्या १६ पुगेको छ । ति मध्ये चितवनका ९ , मकवानपुरका ३, बारा, गोरखा, कैलाली र नवलपरासीका १–१ जना छन् ।

  • प्रकाशित मिति : भदौ १६, २०७७, मंगलवार ०३:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८