भाद्र–१५,२०७७
चितवन । पछिल्लो २४ घण्टामा ११ हजार २२९ नमुनाको परिक्षण गर्दा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ३ महिला र ५ सय ९६ पुरुष सहित ८ सय ९९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ३९ हजार ४१० पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार ८२२ हजार रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार १२१ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ८८ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २१ हजार ४१० पुगेको छ । यो ५४ प्रतिशत हुन आउँछ ।
गएको १ दिनमा ७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा महोत्तरीका ४ वर्षिया वालिका, गोरखाका ६५ र रुपन्देहिका ६८ वर्षिय गरि ३ जना महिला र झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षिय गरि ४ पुरुष रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८