• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनका २९ सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

  • चितवन

चितवनका २९ सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र–१४ ,२०७७

भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये भरतपुर महानगरपालिका भित्रकामात्रै २७ जना रहेका छन । भरतपुर अस्पताल प्रयोगशालाले जनाए अनुसार भरतपुर महानगरपालिका २५,७,११,१२,६,१०,१४,२,१८ र ४ का १७ पुरुष र १० महिला गरि २७ जना । खैरहनिका १ पुरुष र १ महिला गरि २ जना , तनहुँका २ महिला ,झापाका २ महिला,नवलपरासी पुर्ब चोरमाराका १ महिला र सर्लाही ,दाङ ,धनुषा ,पाँचथर ,सप्तरी ,कास्की ,सुर्खेत ,बाग्लुङ र बाराका ६ महिला र ३ पुरुष गरि ९ जना सहित जम्मा ४३ जना संक्रमित भएका हुन। संक्रमित हुनेहरु ४ बर्षका बालक देखि ६५ बर्ष सम्मका रहेका छन।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल ,पुष्पाञ्ली अस्पताल ,पुरानो मेडिकल कलेज ,क्वारेन्टिन र होम क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

शनिबार राती १२ वजे सम्म गरिएको ४७२ वटा नमूना मध्ये ४२९ वटा नेगेटिभ आएको हो भने ४३ वटा नमुना पोजेटिभ आएको हो । यस अघि शनिबारन साझ पनि चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालामा चितवनका ६१ जना जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

  • प्रकाशित मिति : भदौ १४, २०७७, आइतवार ००:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८