• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

चितवन मेडिकल कलेजको उदघोष–१० हजार पिसिआर परिक्षण निःशुल्क गरिदिन्छौ

  • चितवन

चितवन मेडिकल कलेजको उदघोष–१० हजार पिसिआर परिक्षण निःशुल्क  गरिदिन्छौ

भाद्र–१३,२०७७

निजी क्षेत्रको चितवन मेडिकल कलेज भरतपुरले सरकारी अस्पतालमा परिक्षणको पखाईमा रहेका १० हजार नमुनाहरु निःशुल्क परिक्षण गरिदिने बताएकोछ । हाल चितवन जिल्लामा २ वटा पिसिआर परिक्षण ल्याव छन् । भरतपुर अस्पतालमा रहेको पिसिआर मेसिनले दैनिक ५ सय मात्र परिक्षण गर्न सक्छ । तर चितवन मेडिकल कलेजमा केहि समय अघिमात्र संचालित ल्यावले दैनिक १ हजार २ सय देखि १ हजार ५ सय सम्म परिक्षण गर्न सक्छ ।

भरतपुर अस्पतालमा परिक्षण गरिनु पर्ने नमुनाको थुप्रो लाग्न थालेपछि चितवन मेडिकल कलेजले १० हजार सम्म नमुनाहरु निःशुल्क परिक्षण गरिदिने बताएको हो । ल्यावमा प्रयोग गरिने आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न आफुहरु तयार रहेको बताएको हो ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले भने सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु पर्ने भो, नमुनाहरु जम्मा हुने क्रम अझै बढिरहेकाले समस्या समाधानका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए । उनले थपे यो समस्या सरकारी अस्पतालको मात्र नभएर हामी निजी अस्पतालको पनि हो भन्ने हामीले महशुस गरेका र्छौ ।
उनले थपे ‘एक सातासम्म नतिजा कुर्नु पर्दा संक्रमण फैलिँदै गएको छ । हामी सामाजिक उत्तरदायित्व बहन गरेर सहयोग गर्न तयार छौँ ।’ परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उनले सम्बन्धित निकाय सँग आग्रह गरेका छन् ।

“जनताको स्वास्थ्यमा हामी पनि जिम्मेवार छौँ । पालोमा रहेका नमूना परीक्षणका लागि अनुरोध पत्रसहित आए निःशुल्क परीक्षणका लागि हामी जुनसुकै बेलामा पनि तयारी अवस्थामा छौ न्यौपानेले भने ।” अहिले भरतपुर अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षणको चाप बढेपछि नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला धुलिखेल पठाउन थालेको छ ।

चितवन मेडिकल कलेजले हालै मात्र रु पाँच करोडभन्दा बढी खर्च गरेर अटो मेटिक प्रयोगशाला निमार्ण गरेको छ ।

  • प्रकाशित मिति : भदौ १३, २०७७, शनिवार १०:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८