भाद्र–१२, २०७७
कोरोना भाइरस संक्रमणका कारण विगत २४ घण्टामा ४ महिला र ८ पुरुषगरि ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सर्वाधिक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार मोरङमा ५६ र ६५, भक्तपुरका ६४ र मकवानपुरका ७१ वर्षीया महिला गरि ४ जना र उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५, सिराहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षीय पुरुष गरि ८ जनाको निधन भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १९५ पुगेको छ । यो संक्रमितमध्येको ०.५३ प्रतिशत हुन आउँछ ।
देशभरमा कुल सक्रिय संक्रमित १६ हजार १९ जना रहेका छन् । जसमध्ये संस्थागत आईसोलेसनमा ९ हजार ५७३ जना उपचार गराईरहेका छन् भने ६ हजार ४४६ जना होम आईसोलेसन अर्थात घरमै रहेका छन् । प्रदेश १ मा ४१, प्रदेश २ मा ४४, वाग्मती प्रदेशमा ८१, गण्डकीमा ३ र प्रदेश ५ मा जना गरि १ सय ८४ जना संक्रमितहरु आईसियुमा उपचाररत र २२ जना भेन्टिलेटरमा छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८