• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

विगत २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमित थपिए

  • चितवन

विगत २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमित थपिए

भाद्र– १०, २०७७

नेपालमा विगत २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा महिला २ सय ९९ र पुरुष ५ सय ८६ जना थपिएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै ३ सय ८५ जना कोरोना संक्रमित निको भएका छन् । हाल सम्म निको हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ । यो ५६.६ प्रतिशत हुन आउछ ।

यीमध्ये १४ हजार ७३९ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ७११ संस्थागत आइसोलेसनमा उपचार गराई रहेका छन् भने ६ हजार २८ जना संक्रमित घरमै रहेका छन् ।
आज देशभरमा २ महिला र ९ पुरुष गरि ११ जनाले कोरोना संक्रमणत्राट ज्यान गुमाएका छन् । हाल सम्म मृतक संख्या १ सय ७५ जना पुगेको छ ।

  • प्रकाशित मिति : भदौ १०, २०७७, बुधवार ११:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८