[ फाेटाे : Hospital staff carry the body of a person who died of COVID-19 to a morgue in Mumbai, India, Friday, May 29, 2020. Most of the over 150,000 cases are concentrated in five of Indias 28 states, though an increase in cases has also been reported in some eastern states as migrant workers have begun arriving home from big cities on special trains. (AP Photo/Rajanish Kakade) ]
चितवन । चितवनको भरतपुरमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचाररत हेटौंडा ३ कि ६५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको हो । कलेजो र स्वास प्रश्वास सम्बन्धी उपचारका लागि ती महिलालाई साउन ३२ गते नै मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
मृत्यु पश्चात ति महिलाको रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् ।
अस्पतालमा उपचाररथ ति महिलाको भदौ १ गते नै स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर मृत्यु पश्चात मात्रै प्रयोगशालाबाट कोरोना पुष्टिको रिपोर्ट आएको थियो ।
सोही अस्पतालमा बिहीबार निधन भएका हेटौंडाका ७५ वर्षीय पुरुषमा पनि मृत्यु पश्चात मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । यो सहित चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । ति मध्ये २ जना मकवानपुर र १ जना कैलालीका रहेका छन् ।
चितवनका १० सहित १३ संक्रमित थपिए
हिजो शनिवार नै चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा चितवनका १० सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरका ७,राप्तीका ३, मकवानपुरका २ र नवलपुरका १ गरि १३ जना संक्रमित भएका हुन । उनिहरुको स्वाव भरतपुर अस्पताल, राप्ती क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट संकलन गरिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८