चितवन । चितवन जिल्लाका थप २० सहित ३३ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड–१९ प्रयोगशालामा भदौ ५ गते गरिएका २ सय ७० वटा नमुना परीक्षण मध्ये ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यसमध्ये चितवन जिल्ला भित्रका २० जना रहेका छन् । भरतपुर कोभिड–१९ प्रयोगशालाले जनाए अनुसार भरतपुरका पुरुष ७ जना, महिला ९ गरि १६ जना र रत्ननगरका १ तथा राप्तीका २ पुरुष र १ महिला गरि २० जना संक्रमित थपिउका हुन । यस्तै पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र नेपालगञ्ज गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुरका संक्रमितको स्वाव भरतपुर अस्पताल र भरतपुर सामुदायिक अस्पतालबाट स्वाब लिइएको थियो भने रत्ननगर र राप्तीका स्वाव चितवन मेडिकल कलेजबाट लिईएको थियो । बाकी रहेका अन्यको वागेश्वरी ल्याव,चितवन मेडिकल कलेज र भरतपुर अस्पतालबाट स्वाव संबलन गरिएको प्रयोगशालाले जनाएको छ । संक्रमितहरु ३ वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धसम्मका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८