• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

थपिए ८ सय ३८, डिस्चार्ज भए २ सय ५०

  • खवर मुलुक-संबाददाता

थपिए ८ सय ३८, डिस्चार्ज भए २ सय ५०

चितवन । पछिल्लो २४ घण्टामा देशभरमा ८३८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५ , पर्सामा ८०, जुम्लामा ५३ , मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना संक्रमित देखिएका छन् । नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ , रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६÷६ जना, सप्तरीमा ५, इलाम र दाङमा ४÷४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३÷३ जना रहेका छन् । उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २÷२ जना संक्रमित थपिएका छन् । ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १÷१ जना रहेका छन् । आज देशभरमा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभरमा क्वारेन्टिनमा रहनेको संख्या १२ हजार २३४ रहेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ । जसमध्ये होम आइसोलेसन अर्थात ३ हजार ५८६ संक्रमित घरमै रहेका छन् । गएको २४ घण्टामा २ सय ५० जना निको भई कुल १८ हजार २१४ पुगेको छ ।
थप ११ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानमा एक–एक जनागरि ११ जनाको मृत्य भएको छ । नेपालमा मृतकको संख्या १ सय ३७ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ ५, २०७७, शुक्रवार १२:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८