• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

कस्तो रहला आजको मौसम ?

  • खबरदाता

कस्तो रहला आजको मौसम ?

नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

देशको पहाडी र हिमाली भू–भागमा आइतबार (चैत ८) साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा कोसी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • प्रकाशित मिति : चैत ८, २०८२, आइतवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८