• फागुन ३०, २०८२, शनिवार Saturday, 14 March, 2026

रविले सार्वजनिक गरे पाँचबुँदे ‘नागरिक करार’ पत्र

  • खबरदाता

रविले सार्वजनिक गरे पाँचबुँदे ‘नागरिक करार’ पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग करार भन्दै पाँचबुँदे पत्र सार्वजनिक गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो करारपत्र सार्वजनिक गरेका हुन् ।

“चुनावमा वाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै निरन्तर भोग्नुपर्‍यो । हामी पूरा नहुने वाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ,” लामिछानेले पत्र सार्वजनिक गर्दै लेखेका छन् ।

सदाचार र असल शासन, मध्यमवर्गीय विस्तारस काम, काम, काम, कनेक्टिभिटी र प्रवास गरी पाँच बुँदामा केन्द्रित रहेर जनतासँग करार गर्ने पत्रमा उल्लेख गरिएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ‘वाचापत्र’ ल्याउनुअघि नागरिक करार गर्ने रास्वपाले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन ३, २०८२, आइतवार १६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८