• माघ २, २०८२, शुक्रवार Friday, 16 January, 2026

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु, १९ घाइते

  • खबरदाता

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु, १९ घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

लु ५ त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा घाइते २२ जनामध्ये गम्भीर घाइते तीनै जनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । घाइतेमध्ये केहीको हेटौँडा अस्पताल तथा केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोगटीले बताए ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस

 

  • प्रकाशित मिति : पुस १, २०८२, मंगलवार १९:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८